बैतडी – जिल्लामा गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ ।
प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरूको बजेट फ्रिज भएको हो। प्रदेश सरकार मातहतका कार्यालय र संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए ।
प्रदेश सरकार मातहतका कार्यालहरूको कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अर्ब ८९ करोड ६२ लाख ३५ हजार ८५१ रुपैयाँ खर्च भएको छ । जसमध्ये ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैयाँ फ्रिज गएको हो।
यसरी हेर्दा कुल बजेटको १२.३ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस्तै, संघीय सरकार मातहतका कार्यालयको ६।८५ प्रतिशत बजेट फ्रिज भएको छ। बैतडीमा संघीय सरकार मातहतका कार्यालयको कुल बजेट ६ अर्ब ५३ करोड ६९ लाख २३ हजार ३६८ मध्ये ६ अर्ब ८ करोड ८६ लाख २१ हजार २०५ रुपैयाँ खर्च भएको छ ।
संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको छ।