बैतडीमा हावाहुरीले सहकारी भवनको छानो उडायो


लेखक : सुन्दराञ्चल      जेष्ठ २१, २०८१ मा प्रकाशित     
बैतडीमा हावाहुरीले सहकारी भवनको छानो उडायो

धनगढी,२१ जेठ । बैतडीमा हावाहुरीले एक सहकारी भवनको छानो उडाएको छ । जिल्लाको पाटन नगरपालिका ८ स्थित भगवती कृषि महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको दुईकोठे भवनको छानो उडाएको हो ।

आइतबार राति आठ बजेतिर आएको हावाहुरीले सहकारी भवनको जस्तापाताले छाएको छानो उडाएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

हावाहुरीले भवनको छानो पूर्ण रुपमा नष्ट गरेको छ । यस्तै सहकारी भवनभित्र रहेका कागजपत्र र कुर्सी टेबलहरुमा समेत क्षति पुगेको वडा अध्यक्ष बिष्टले बताए । क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको उनले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap