बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ

८ भदौ, धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् ।

घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

शिशु जन्माएपछि केराको सापडाले घाँटी थिचेर हत्या गरेको भन्दै उनका ससुराले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए । उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

गाउँकै एक युुवकसँगको अनैतिक सम्बन्धबाट उनी गर्भवती भएको यसअघि नै सार्वजनिक भएको थियो । शिशु जन्मिएपछि युवकले बुझेर पालनपोषण गर्ने सहमति समेत गाउँलेहरुले गराएका थिए ।

ती महिलाका श्रीमान् रोजगारीका लागि भारतमा गएको र १० वर्षदेखि सम्पर्कमा नरहेको स्थानीय बताउँछन् । उनका दुई सन्तानसमेत छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap