बैतडी१३ भाद्र । बैतडीमा आफन्तको मलामी गएका एक जना खोलामा डुबेर बेपत्ता भएका छन् । आज बिहान १० बजे जिल्लाको सिगास गाउँपालिका वडा २ का अन्दाजी २६ बर्षिय प्रकाश सिह धामीलाई माडौ खोलाले बगाउदा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भैरहेको आफन्त राजेन्द्र धामीले जानकारी दिनुभयो ।
यस्तै ,मलामी गएका अन्य ४ जनालाई पनि खोलाले बगाएको थियो । उनिहरुको संगै गएका मलामीहरुले सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।
वडा नम्बर २ का नरेन्द्र सिह धामी , बिरेन्द्र सिह धामी , नन्द धामी र बिरेन्द्र धामीको ५० मिटर तलबाट सकुशल उद्धार गरिएको स्थानिय धामीले जानकारी दिनुभयो । खोजीकार्यका लागि गाँजरी प्रहरी चौकीबाट सहायक प्रहरी निरिक्षक विर बहाद्र कार्कीको नेतृत्तवमा प्रहरी टोली घटनास्थल तर्फ गईरहेको छ ।