वैतडीमा एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाँडा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ५६ वर्षीय कमलसिंह महरा आज मृत फेला परेका हुन् ।
उनी सोहि ठाउँस्थित हरिपुरमा बिहान करिब ६ बजे मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
महराको टाउको र खुट्टामा चोट रहेकाले उनको हत्या गरिएको आशंका गरिएको छ। हाल शव पोस्टमार्टमका लागि बैतडी अस्पताल पठाइएको छ ।
घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट टोली घटनास्थलमा गएको र ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दर्शनले जानकारी दिए ।