बैतडीमा घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा लिफ्ट दिएका युवकले अन्तै लग्न खोजेपछि…


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
बैतडीमा घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा लिफ्ट दिएका युवकले अन्तै लग्न खोजेपछि…

धनगढी: सोमबार बिहान गोदावरी भट्ट गौराका लागि कपडा किन्न बैतडीको खोड्पे बजार गइन्। पाटन नगरपालिका–९ चितार बस्ने १६ वर्षीया उनी आफ्ना बुवा अर्जुनदेवसँग खोड्पे पुगेकी थिइन्। त्यहाँ उनको भेट साथीहरुसँग भयो। गौराका लागि श्रृंगारका सामान किन्ने भएपछि उनी बुवासँग छुट्टिइन्।

साथीहरुसँग केही बेर सामान किनेपछि घरतर्फ लाग्नुपर्ने थियो। आफू साथीहरुसँगै आउने भनेपछि अर्जुन(बुवा) आफ्ना साथीहरुसँग घरतर्फ लागे। यता साथीहरुसँग घरतर्फ हिँडिरहेकी गोदावरीको सामुन्ने एउटा मोटरसाइकल आएर रोकियो। गोदावरीका अनुसार ती युवक थिए उनकै पल्लो गाउँका हरिश महर। ‘उनले म तिम्रो दाईको साथी हुँ। आऊ म तिमीलाई घर पुगाइदिन्छु भने’ उनले भनिन्, ‘सुरुमा त म लगायत साथीहरुले नाईं भने तर धेरै नै ढिपी गर्न थालेपछि म बाइकमा चढे।’

खोड्पे बजारबाट बझाङतर्फको राजमार्गमा करिब ४ किलोमिटर अगाडि गएपछि गोदावरीको गाउँ चितार जाने कच्ची सडक आउँछ र त्यहाँबाट पनि घर पुग्न करिब ४ किलोमिटर हिन्नुपर्ने गोदावरीका दाजु जनकराज भट्टले बताए।

गोदावरीलाई बसाएपछि ती युवकले मोटरसाइकल हाँके। तर उनले चितार जाने बाटोमा रोकेनन्। उनले सिधै बझाङ जाने सडकतर्फ मोटरसाइकल हिँडाए। ‘मैले मोटरसाइकल रोक्न पटक–पटक आग्रह गरे तर उनले मानेनन्’ गोदावरी भन्छिन्, ‘अलि अगाडि एउटा विद्यालय छ। त्यहाँबाट पनि हाम्रो गाउँ जाने बाटो छ। उक्त स्थानमा पनि मैले रोक्न भने तर मोटरसाइकल रोकिएन। करिब ३ सय मिटर अगाडि पुगेपछि मैलै आत्तिएर तिव्र गतिमा गुडीरहेको बाइकबाट हाम्फाले। त्यसपछि के भयो याद छैन।’

उक्त घटनापछि हरीश उनलाई त्यहाँ एक्लै छाडेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। गोदावरीका दाई जनकका अनुसार तिनै प्रत्यक्षदर्शीहरुले उनको बहिनीको उद्वार गरि बुवालाई खबर गरेका थिए। ‘बहिनीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍यौ। त्यहाँबाट पनि रेफर गरेपछि रातारात धनगढीको माया मेट्रोमा ल्याएका छौ’ उनले भने, ‘कहिलै मोटरसाइल नचढेकी बहिनीलाई त्यस्तो गर्‍याे उसले। मसँगै पढेको साथी हो भन्ने खुलेको छ।’

अहिले गोदावरीलाई माया मेट्रो अस्पतालको आइसियूमा राखिएको छ। चिकित्सकका अनुसार उनको खुट्टा र भित्रि अंगमा चोट लागेको छ। उता पीडित परिवारले प्रहरी पोष्ट खोड्पेमा घटनाको छानबिनका लागि निवेदन दिएका छन्। गोदावरीको न्यायका लागि प्रहरी पोष्टमै रहेको परिवारले बताएका छन्।

अहिले चालक हरिश महर र मोटरसाइलकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाले बताए। घटना सम्बन्धी अनुसन्धान भइरहेको उनले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap