बैतडीमा एक जना मृत भेटिए


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
बैतडीमा एक जना मृत भेटिए

७ असोज, धनगढी । बैतडीमा एक जना व्यक्ति मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ का ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिए ।

स्थानीयले महराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले उनको हत्या भएको आशंका गरेका छन् । प्रहरी नायब उपरीक्षक पालले मृतकको टाउकोमा चोट लागेको देखिएको बताउँदै घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेको जनाए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap