बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी .


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी .

नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १०  पालिकामा कमिटी गठन गरिएका छन्।  नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए।  सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ। तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए। यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap