बेलाैरी : नगर प्रमुख चाैधरीद्वारा रिङ्गरोड सडककाे शिलान्यास, अब बेलाैरीमा रिङ्गराेड


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
बेलाैरी : नगर प्रमुख चाैधरीद्वारा रिङ्गरोड सडककाे शिलान्यास, अब बेलाैरीमा रिङ्गराेड

बेलाैरी, २२ भाद्र । बेलौरी नगरपालिकामा रिङ्गरोड सडक विस्तार हुने भएको छ । नगरपालिकाले वडा नम्बर ४ र ५ जोड्नका लागि रिङ्गरोडक सडक विस्तार गर्न लागेको हो ।

No description available.

चालु आर्थिक बर्ष २०७८÷०७९ का नगरपालिका दुई वडा सहित बेलौरी बजार जोड्ने सडक विस्तार गर्न लागेको छ । सोमबार बेलौरी नगरका नगर प्रमुख पोतिलाल चौधरीले एक कार्यक्रमका विच रिङ्गराेड सडकको शिलान्यास गर्दै बेलौरीका सडक स्तरोन्नती बनाईने बताए ।

No description available.

मेयर चौधरीका अनुसार बेलौरी नगरपालिका ५ जन-नमुना विद्यालयदेखि रामनगर–भकुण्डा–बेलौरी ४ मोतिपुरसम्म विस्तार हुनेछ । अमर अमृत ज्वाईन्ट भेन्जरले साढे ५ करोड लागतमा निर्माण गर्ने नगरपालिकासंग सम्झौता गरेको जनाइएको छ ।

No description available.

भने आगामी ०७९ भदौँ १०भित्रै सडक विस्तार गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक विस्तारसंगै यस क्षेत्रका नागरिकलाई दैनिक आवत जावतमा समेत सहजता हुने बताउँदै नगरका अन्य सडकहरुकाे काम पनि द्रुतगतिमा अगाडि बढिरहेको नगर प्रमुख चाैधरीले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap