बेलायतबाट रुस पुग्ने कीर्तिमानी चमेरो, बिरालोले मारिदियो


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
बेलायतबाट रुस पुग्ने कीर्तिमानी चमेरो, बिरालोले मारिदियो

२८ साउन, काठमाडौं । बेलायतको लण्डनबाट रुससम्म यात्रा गरेर एउटा चमेराले कीर्तिमान कायम गरेको छ । तर २ हजार १८ किलोमिटर भन्दा धेरै कीर्तिमानी यात्रा गर्ने उक्त चमेरो बिरालोद्धारा मारिएको छ ।

मानिसको औँलाजत्रै आकारको नाथुसियस पिपिस्ट्रेल प्रजातिको पोथी चमेरोलाई रुसको स्कोभ क्षेत्रमा एक बिरालोले मारिदिएको हो ।

उक्त चमेरोको पखेटामा लण्डन चिडियाखानाको चिन्ह भेटिएको छ । जनावर अधिकारवादी समूहका एक सदस्यले घाइते अवस्थामा सो चमेरो फेला पारेका थिए । उपचारका बाबजुत त्यसलाई बँचाउन भने उनीहरु असफल रहे ।

उक्त चमेरोको तौल ८ ग्राम थियो । स्कोभ क्षेत्रमा पर्ने मोलगिनो नामको एक सानो गाउँमा स्थानीय स्वेतलाना लापिनाले उक्त चमेरो फेला पारेकी थिइन् । उनले बेलायतको चमेरा संरक्षण कोषलाई त्यसबारे जानकारी दिइन् ।

बेलायतको चमेरा संरक्षण कोषकी प्रमुख लिसा भर्लेसका अनुसार चमेरोले त्यतिधेरै यात्रा गर्नु कीर्तिमान तथा उल्लेखनीय यात्रा हो । बेलायतको कुनैपनि चमेराले गरेको यो सबैभन्दा लामो यात्रा भएको उनको भनाई छ ।

नाथुसियस पिपिस्ट्रेल चमगादड़ की एक तस्वीर

उनले उक्त चमेरोलाई गज्जबको ओलम्पियन धावन भनेकी छिन् । उनका अनुसार उसको यात्रा एक रोमान्चक वैज्ञानिक खोज हो र चमेराको यात्राको रहस्यको एक सानो अंश हो ।

सन् २०१६ मा लण्डनमा चमेरा शोधकर्ता ब्रायन ब्रिग्सले उक्त चमेरालाई समाएर त्यसको पखेटामा लण्डन चिडियाखानाको संकेत लेखिदिएका थिए ।

५ वर्ष अगाडिको त्यो चमेराले कीर्तिमानी यात्रा गरेर रुस पुगेको कुरा निकै रोमाञ्चक तथा असाधारण भएको उनको भनाइ छ ।

स्मरण रहोस् नाथुसियस पिपिस्ट्रेल प्रजातिकै अर्को चमेराले गरेको सबैभन्दा लामो यात्राको कीर्तिमान चाहीँ यो चमेराले भंग गर्न सकेन । सन् २०१९ मा यहीँ प्रजातिको एक चमेरा लाट्भियाबाट स्पेनसम्मको २२४४ किलोमिटर यात्रा गेको थियो ।

एजेन्सीको सहयोगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap