आमाले अर्को विवाह गरिन, छोराछोरी अलपत्र


लेखक : सुन्दराञ्चल      जेष्ठ ३२, २०८१ मा प्रकाशित     
आमाले अर्को विवाह गरिन, छोराछोरी अलपत्र

जेठ ३२: बाजुरामा पाँच बालबालिका अलपत्र परेका छन्। त्रिवेणी नगरपालिका– ४ गाग्राका प्रकाश मिजार तथा मनसरा मिजारका पाँच सन्तान अलपत्र परेका हुन्।

प्रकाश श्रीमती र छोराछोरीसहित गत असोजमा भारत गएका थिए। रोजगारीका लागि भारत गएको केही महिनामा श्रीमती मनसराले पाँच छोराछोरीलाई छोडेर अर्को बिहे गरेपछि उनीहरू अलपत्र परेका हुन्।

श्रीमतीले अर्को बिहे गरेपछि प्रकाशले छोराछोरीलाई बाजुरा फर्काए। घरमा एक्लै रहेकी ७० वर्षीया आमा बिर्मादेवीको भर छोडेर प्रकाश फेरि भारत फर्किए। भारत फर्किएका प्रकाश पछिल्लो समय सम्पर्कमा छैनन्।

हजुरआमालाई साँझ–बिहान कसरी चुलो बाल्ने भन्ने समस्या त छँदै छ, त्योभन्दा ठूलो चिन्ता उनलाई पढ्ने उमेरका १० वर्षमुनिका नातिनातिनीको भविष्य आफ्नोजस्तै अन्धकार हुने हो कि भन्ने पीर थपिएको छ। अहिले १० वर्षीया रोशनी, आठ वर्षीया रेमिसा, पाँच वर्षीय आशिष, दुई वर्षीया खुसी र ११ महिनाका आकाश मिजार वृद्धा हजुरआमाको सहारामा छन्।

कमजोर आर्थिक अवस्थाबाट गुज्रिएकी हजुरआमालाई पाँच नातिनातिनीको पालनपोषणमा समस्या भएको छ। नागरिता नहुँदा सरकारले दिने वृद्धभत्ताबाट समेत उनी बन्चित छिन्। त्यसमाथि गत कात्तिकमा आएको जाजरकोट भूकम्पबाट घरसमेत बस्न नमिल्ने भएको छ। पानी परेको दिन नातिनातिनी च्यापेर अरूको घरमा वास बस्न जानुपर्ने बाध्यता छ।

यसबारे वडाध्यक्ष गणेश साउदसँग सम्पर्क गर्दा प्रकाश मिजार र उनकी श्रीमती कामको खोजीमा केही महिनाअघि भारत गएको थाहा भए पनि बालबालिका अलपत्र परेको थाहा नभएको बताए। उनले अलपत्र अवस्थामा रहेका बालबालिकाको जन्मदर्ता गरी नगरपालिकाबाट पाउने सुविधा उपलब्ध गराउने बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap