बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०७८ मा प्रकाशित     
बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च

३१ भदौ, काठमाडौं । बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएको छ । सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएको हो । त्यसअगाडि बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यसरी खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च भने मात्र १६ करोड भएको तथ्यांकमा देखिएको छ । अब संसदको अर्को बैठक ४ असोजमा बोलाइएको छ । यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन । १५ जेठमा अध्यादेशबाट आएको बजेट निष्क्रिय हुने समय नजिकिँदै गर्दा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक संसदबाट पास भएपछि मात्र सरकारले बजेट खर्च गर्न सक्ने बाटो खुल्छ । प्रतिस्थापन विधेयक पनि पास नहुने अवस्था आएमा भने सरकारले अर्को विकल्प खोज्नु पर्ने हुन्छ ।

यसअघि बुधबार नै महालेखा नियन्त्रक कार्यालयले संसदमा प्रतिस्थापन विधेयक जानु अगाडि रोकेको सरकारी भुक्तानी फुकुवा गरेको जानकारी गराएको थियो ।

महालेखा नियन्त्रक कार्यालयले २४ भदौबाट लागु हुने गरी तीन दिनका लागि अनिवार्य दायित्वबाहेकका सबै भुक्तानी रोक्न भनेको थियो । यसरी रोकिएको भुक्तानी फुकुवा भएसँगै बुधबार एकै दिन ठूलो रकम खर्च भएको छ । चालु खर्चमा भएको अधिकांश रकम तलव भत्तामा खर्च हुन्छ । सामान्यतया सरकारले तलव भत्ता २८/२९ गते नै खातामा पठाउने हुँदा पछिल्लो अवरोधले कर्मचारीको भदौ महिनाको तलव प्राप्तिमा भने समस्या नपर्ने बताइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap