बुई चढेर रोष्टम कब्जा गर्ने नारदमुनी रानाको प्रयास


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
बुई चढेर रोष्टम कब्जा गर्ने नारदमुनी रानाको प्रयास

धनगढी२५ भाद्र ।अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन्। अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए।

सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच विधेयक प्रस्तुत गरिएको हो। संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको थियो भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरेका थिए। आफ्नो सरकाले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत परिवर्तन गरेर बाचन गरेका अर्थमन्त्री जनार्दन शर्मालाई रोक्न एमालेका सांसदले अनौठो तरिका अपनाएका थिए। एमालेका सांसदहरू मर्यादापालकसँग ठेलमठेल गर्दै रोष्टमतर्फ अघि बढ्न खोजेका थिए।

पूर्व वनमन्त्री नारमुनी राना र कञ्चनपुरबाट निर्वाचित सांसद नरबहादुर धामीले एमालेकै अन्य सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका हुन्। उनीहरुलाई मर्यादापालकले रोक्न हम्मे–हम्मे परेको थियो। राना कैलाली ५ बाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका सांसद हुन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap