बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट,


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७९ मा प्रकाशित     
बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट,

२३ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक (०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो ।

नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएर अर्ब नाघेको छ । बुधबार ८२ अर्बमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । बिहीबार बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुादा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।

यता सामुदायिक लघुवित्तको सेयर मूल्य ६.४९ प्रतिशतले गिरावट हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.५६ प्रतिशतले घटेको छ अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap