धनगढी, २१ साउन । बिहिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ । उक्त प्रयोगशालामा १५३ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै १२६ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ५ जना अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्।