बालेनसगं सहकार्य हुनसक्छ : भिम रावल


लेखक : सुन्दराञ्चल      माघ ४, २०८१ मा प्रकाशित     
बालेनसगं सहकार्य हुनसक्छ : भिम रावल

धनगढी , ४ माघ । मातृभूमि जागरण अभियानका संयोजक डा। भीम रावलले आफु राजावादी नभएको बताएका छन् । शुक्रबार धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुको जिज्ञासामा बोल्दै रावलले आफूलाई राजावादीसँग साँठगाँठ गरेको आरोपको अस्वीकार गरेका हुन् । आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने रावलले बताए । उनले भने, ‘नेपालमा विभिन्न समूहहरू छ्न् । नागरिक, बुद्धिजीवी, राजनीतिक दलसँग आवद्ध व्यक्तिहरू छन् । उहाँहरूसँग छलफल गरेर अघि बढ्छु । मैले भनेकै हुनुपर्छ भन्ने छैन । सबैसँग छलफल गरेर नै अघि बढ्ने हो । हामीले आफ्नो नीतिसहित अभियान सुरू गरेका छौं । अब छलफलको क्रममा सबैसँग हामी खुला छौं ।’

काठमाडौं महानगरका मेयर बालेन शाहसँगको सम्भावित सहकार्यमा पनि आफू खुला रहेको बताए । बालेनबारे सोधेको प्रश्नमा उनले भने, ‘यो देशको हित चाहने, अहिलेको अवस्थामा देश भएन । अहिले ठूला राजनीतिक दलहरू भागबन्डामा केन्द्रित भएका छन् । त्यसैले राष्ट्रसहितमा अगाडि बढ्ने बालेनजी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं ।’

उनले एमालेले आफूलाई राजावादीसँग साँठगाँठ ग¥यो भन्नुभन्दा पनि आफ्नो पार्टीमा कस्ताकस्ता मान्छे छन् हेर्न सुझाव दिए । रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका रावललाई पत्रकारहरुले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । सो जिज्ञासामा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ ।’ रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए । रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाए थिए ।

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । ‘देश र जनताका लागि जोजो छन्, इमान्दार देशभक्तहरु हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले भने । प्रधानमन्त्रीसहित राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने गरेको भन्दै उनले त्यसलाई रोक्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए । ‘प्रधानमन्त्री बन्यो भागबण्डा गरेर खाने, विश्वविद्यालयमा भागबण्डा गरेर खाने । अँस्तीभर्खर भूमिसम्बन्धी आयोग गठन भयो हेर्नुस् त भागबण्डा,’ रावलले भने, ‘भागबण्डाभित्र पनि गुटबन्दी छ फेरि । अनि के यो राज्य भनेको व्यक्तिगत हो कसैको रु त्यसकारण यस्तो कुरालाई रोक्नुपर्छ ।’

एमालेबाट निस्कासनमा परेपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए । उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’को नामबाट देशदौडाहामा छन् । यो अभियानले राष्ट्रिय रुप लिएपछि पार्टीको स्वरुप दिने उनले बताए ।
पार्टीको संगठनात्मक स्वरुपबारे सोधिएको प्रश्नमा रावलले भने, ‘देशको अहिलेको अवस्था परिवर्तनका लागि अरु धेरै मानिसहरुले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यतिबेला त्यसलाई अझ परिमार्जित गरेर जे जस्तो आवश्यक हुन्छ, त्यो रुपमा ल्याउन तयार छौं ।’ अहिले नै पार्टी घोषणाको चरणमा नपुगेको उनले बताए । आफूले सुरु गरेको अभियानले कालान्तरमा ठूलो रुप लिने विश्वास व्यक्त गर्दै रावलले भने, ‘हिमालमा हिउँको डल्लो गुडिरहेको बेला सानो देखिन्छ । पछि त्यसले हिम आँधीको रुप लिन्छ ।’

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap