बार्सिलोनाका लागि डेब्यु गरेपछि गाबीले भने- म विश्वकै खुशी केटो


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
बार्सिलोनाका लागि डेब्यु गरेपछि गाबीले भने- म विश्वकै खुशी केटो

निको गोन्जालेज र युसुफ डेमिरलाई डेब्यु गराएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले गावीलाई पनि डेब्यु गराए ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार गेटाफे विरुद्धको खेलमा गावीले ७३औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरे । उनी सर्जी रोवर्टोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

१७ वर्षीय मिडफिल्डर गावीले आफ्नो आधिकारिक डेब्युलाई लिएर खुशी व्यक्त गरे । उनले क्याम्प नोउमा डेब्यु गर्ने अवसर पाउनु आफ्नो लागि खुशीको क्षण भएको बताए ।

‘अहिले म विश्वकै सबैभन्दा खुशी केटो भएको छु,’ गावीले बार्सा टिभीसँग भने, ‘म युवा हुँदा देखि नै मैले क्याम्प नोउमा पहिलो श्रेणीको खेलको डेब्यु गर्ने सपना देखेको थिएँ र आज मैले यो उपलब्धि हासिल गरें ।’

उनले डेब्युअघि केही नर्भस भएको र खेलमा उत्कृष्ट गर्ने प्रयास गरेको बताए । गावीले आफूले परिवार, साथी, सबै प्रशिक्षक, ला मासिया र विशेष गरी सर्जी मिलालाई सम्झेका थिए । मिलाले उनको करिअरमा सहयोग गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap