बारा- जिल्लासित जोडिएका भारतीय सीमानाका तीन दिनसम्म बन्द


लेखक : सुन्दराञ्चल      बैशाख ८, २०८० मा प्रकाशित     
बारा- जिल्लासित जोडिएका भारतीय सीमानाका तीन दिनसम्म बन्द

बैशाख ८, बारा- यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रबारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

यस्तै मतदान सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ। बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरेको प्रजिअ सापकोटाले जानकारी दिए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap