बाढीले धनगढी–राजघाट जोड्ने पुल भत्काएपछि स्थानियहरु आफैं जुटे पुल निर्माणमा


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
बाढीले धनगढी–राजघाट जोड्ने पुल भत्काएपछि स्थानियहरु आफैं जुटे पुल निर्माणमा

धनगढी १७ भाद्र । मोहना नदीमा आएको बाढीले धनगढी–राजघाट जोड्ने पुल भत्काएपछि स्थानीयलाई आवतजावत गर्न ठप्प भएपछि स्थानिय पुल निर्माणमा आफै जुटेका छन् । स्थानीयहरु ७ दिन देखि श्रमदान गर्दै आएका छन् ।

केहिदिनअघि मोहना नदीमा आएको बाढीले धनगढी– राजघाट जोड्ने पक्की पुलको राजघाट तर्फको पुलसँग जोडिएको जमिन करिब ५० देखि १०० मिटर भाग बगाएर लगेको थियो । भने स्थानीयले आवतजावत गर्दै आएको धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल पनि भत्काएको थियो ।

पक्की पुल निर्माण सम्पन्न नहुदै बाढिले भत्काएको छ । लामो समयदेखी पक्की पुल अलपत्र रहेको छ । पक्की पुल निर्माणमा ढिलाइ भएपछि स्थानियलाई आवतजावत सहज गर्न स्काई फोल्डिङ पुल संचालनमा ल्याएको थियो । पक्की पुलसङ्गको जमिनबीचको भाग बाढीले भत्काएर लगेका कारण र स्काई फोल्डिङ पुल भत्काउदा राजघाटका स्थानीयलाई धनगढी आवतजावत गर्ने समस्या भएको स्थानीयले बताए । स्थानिय सरकार र ठेकदारको कुनै चासो नभएपछी स्थानियहरु जुटेर बाढिले भत्काएको ठाउँमा निर्माण गर्न थालेको स्थानीयले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap