बाढीले धनगढी–राजघाट जोड्ने पुल भत्काएपछि स्थानियहरु आफैं जुटे पुल निर्माणमा


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
बाढीले धनगढी–राजघाट जोड्ने पुल भत्काएपछि स्थानियहरु आफैं जुटे पुल निर्माणमा

धनगढी १७ भाद्र । मोहना नदीमा आएको बाढीले धनगढी–राजघाट जोड्ने पुल भत्काएपछि स्थानीयलाई आवतजावत गर्न ठप्प भएपछि स्थानिय पुल निर्माणमा आफै जुटेका छन् । स्थानीयहरु ७ दिन देखि श्रमदान गर्दै आएका छन् ।

केहिदिनअघि मोहना नदीमा आएको बाढीले धनगढी– राजघाट जोड्ने पक्की पुलको राजघाट तर्फको पुलसँग जोडिएको जमिन करिब ५० देखि १०० मिटर भाग बगाएर लगेको थियो । भने स्थानीयले आवतजावत गर्दै आएको धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल पनि भत्काएको थियो ।

पक्की पुल निर्माण सम्पन्न नहुदै बाढिले भत्काएको छ । लामो समयदेखी पक्की पुल अलपत्र रहेको छ । पक्की पुल निर्माणमा ढिलाइ भएपछि स्थानियलाई आवतजावत सहज गर्न स्काई फोल्डिङ पुल संचालनमा ल्याएको थियो । पक्की पुलसङ्गको जमिनबीचको भाग बाढीले भत्काएर लगेका कारण र स्काई फोल्डिङ पुल भत्काउदा राजघाटका स्थानीयलाई धनगढी आवतजावत गर्ने समस्या भएको स्थानीयले बताए । स्थानिय सरकार र ठेकदारको कुनै चासो नभएपछी स्थानियहरु जुटेर बाढिले भत्काएको ठाउँमा निर्माण गर्न थालेको स्थानीयले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap