बाजुरा मार्तडी कोल्टी सडक ,सिलान्यास भएको २५ वर्षमा पनि बनेन सडक


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०८१ मा प्रकाशित     
बाजुरा मार्तडी कोल्टी सडक ,सिलान्यास भएको २५ वर्षमा पनि बनेन सडक

बाजुरा  बैशाख १३,: बाजुरा मार्तडी कोल्टी सडक खण्ड स्तोरन्नोतिमा ढिलाइ हुदैं गइरहेको छ । पटक–पटक सडकको स्तोरन्नोतिमा तिव्रता ल्याउने भन्दै जिल्लाका सरोकारवालासँगै जनप्रतिनिधिबाट अनुगमन गरिदै आएपनि काम हुन सकेको छैन् ।
सडक निर्माणको जिम्मा लिएका दुई वटा ठेकेदार कम्पनीको लापरबाही कारण सडक निर्माण कार्यमा ढिलाइ भएको सरोकारवाला बताउँछन । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको स्थानीय प्रेम रोकायाले । ‘अहिले यहाँका स्थानीयलाई बर्खाको समय पानी पर्दा तथा हिउँदको समय हिमपात हुँदा आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।’ बर्खाको समय अविरल बर्सातका कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएकोले तोकिएको समयमा सडक निर्माण गर्न नसकेको ठेकेदार कम्पनीको दावी छ ।
मार्तडी–कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए । मार्तडी कोल्टी सडक कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरिएको थियो । मार्तडी बसपार्क देखि चुथीको झन्डै ९ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथी देखि डम्कने झन्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलो मिटर गरि ३२ किलोमीटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका छन् ।
मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २३ करोड भन्दा बढी पहिलो किस्ता भुक्तानी लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले बताए ।
मार्तडी कोल्टी सडक निर्माण कार्यमा निकै ढिलाइ भएपछि अहिले ठेकेदार कम्पनीलाई चाँडो भन्दा चाँडो सडक निर्माणका लागि पत्राचार गरेको जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । मार्तडी कोल्टी सडक खण्ड अन्र्तगत नागरिकको सेवाका लागि भन्दै दिवा तथा रात्री बस सञ्चालनको लागि अनुगमन हुने भए पनि निर्माण कम्पनीको ढिलासुस्ती हुदा बस संचालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडलले बताए । हरेक दिन जिल्लाका भिआईपीहरुले सो सडक अनुगमन गर्ने गरेका भए पनि निर्माण कम्पनीले भने वास्ता नगरेको पाईएको स्थानीय बताउछन । अनुगमनमा जिल्ला समन्वय प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल लगायत स्थानीय तहका जनप्रतिनिधीको निरन्तर अनुगमन भईरहेको भए पनि सडक निमाणर् कम्पनीले ढिलाई गर्दै आएको छ ।
यातायात व्यवस्था समितीको बैठकको निणर्य अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निणर्य भएको भए पनि सडकको स्तरोन्ती नहुँदा बस संचालन गर्न नसकिने यातायात ब्यबासायी बताउछन् । बाजुराको उत्तरी क्षेत्रका नागरीकको आवात जावतमा हुने कठिनाईलाई मध्यनजर गर्दै कोल्टी मार्तडी सडक खण्डमा १० दिन भित्र सडकको स्तरउन्नोती गरी सेवा सञ्चालन गर्ने निणर्य भएको भएपनि बस संचालन गर्न सडक नै बाधक भएको बस ब्यवसायीहरुले बताउने गरेका छन् ।
सडक निमाणर्सँग सम्बद्ध निकायले ठेक्का सम्झौताको उललेखित समय भित्र सडक निमाणर्को काम गर्न नसकेका कारण बाजुराबासीले सो समस्या झेल्दै आएका छन । जिल्लाको सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रका विभिन्न गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मानिदै आएको कोल्टी बजारका लागि मार्तडी कोल्टी सडक खण्ड सिलान्यास भएकोे २५ वर्ष पुरा भएको छ । तर सडक विस्तार भने भएको छैन । सदरमुकाम मार्तडीबाट झण्डै ४२ किलोमिटर लम्बाई रहेको मार्तडी कोल्टी सडक खण्डको हालसम्म निर्माण कार्य कछुवा गतिमा भइरहेको स्थानियको आरोप छ । यो सडकको स्तरउन्नति नहुनुमा सडक बिभाग र निर्माण कम्पनीको चरम लापरवाही भएको स्थानीयको आरोप छ ।
मार्तडीदेखि कोल्टीसम्मको सडकलाई मार्तडीबाट २०५६ सालदेखी २०६२ सालमा जिल्ला विकास समिति बाजुरा अन्तरगतको आरसिआईडव्लुले बिगतमा ४२ किलोमिटर सडकमा ३५ करोड भन्दा बढि खर्च गरिसकेको थियो । मार्तडी कोल्टी सडक ३ बर्ष भित्र कालोपत्रे गरिसक्ने योजना सहित सम्झौता भएको ५ बर्ष पुरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन् ।
प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको यो सडकमा ९ किलोमिटरको काम अन्तिम चरणमा रहेको छ । संघ र प्रदेश सरकारबाट ९८ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको तत्कालिन प्रदेश सांसद सांसद बल्देव रेग्मीले बताएका छन् । मार्तडी देखी कोल्टीसम्म ४१ किलोमिटर बुढिनन्दा नगरपालिका २ कोल्टिगाँउ सम्म पुग्ने रहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।
यो सडक कालोपत्र भएमा बाजुराका उत्तरी क्षेत्रका चारवटा स्थानिय तह, हुम्ला, मुगुका बासिन्दालाई निकै सहज हुने नागरिक अगुवा प्रदिपराज जैशीले वताएका छन् । रकम करोडौ खर्च भईसकेको छ, एकातिर सुस्त गतिमा सड्क निर्माण भएको छ भने अर्कोतिर सड्क पुरा हुन नसकेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले वताए । यो सड्कमा अनियमित भएको पटक पटक गुनासो आईरहेको उनले वताए ।
सो सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अवस्थित सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले बताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका पोरखे देखी बुढिनन्दा नगरपालिकाको कोल्टीसम्म रहेको गाडि सञ्चालकले वताएका छन् ।
कामका लागि खाद्यन्न कार्यक्रम बाट २७ करोड ४० लाख, जिविस बाजुरा बाट ८ लाख, कर्णाली वरीपरीको कार्यक्रम बाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिस बाट २१ लाख र सड्क बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार, बडिमालिका नगरपालिका बुढिन्नदा नगरपालिका बाट १ करोड भन्दा बढि खर्च भइसकेको छ । यस सडकमा पुर्णरुपमा सवारी साधानहरु चल्न सक्ने गरी अझै निर्माण भएको देखिदैन । मार्तडी कोल्टी सडकको निर्माण समयमै हुने हो भने पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तह र छिमेकी जिल्ला मुगु र हुम्लाका केही नागरिकलाई समते राहत पुग्ने थियो ।

 

May be an image of 1 person and text that says ""शिक्षा संस्कारको संगम" चेतन्य पाठशाला धनगढी-प, शिवनगर कलाली फोन नं. 099-၃88ဖ अबको यात्रा शिक्षा संगै संस्कारको शैक्षिक सत्र ನಂ का लागि शिशु कक्षा देखि नौ कक्षा सम्म सीमित संख्यामा संस्कार, संस्कृति, सचेतना र सक्षमताका लागि चैतन्य पाठशालाको शैक्षिक सहकार्यमा जोडिन यहॉहरुलाई हार्दिक अनुरोध गर्ददां। सिमित सिटका लागी अन्तिम चरणको प्रवेश परिक्षा मिति: २0ट৭ वैशाख 94 गते, समय बिहान 90 बजे (chaitanyadhangadhi@gmail.com ९८६०७९२१४, ९८४६०४४२६३ www.chaitanyapathashala.com धनगढी 넌 शिवनगर, कैलाली"
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap