बाजुरा जिल्ला छेडेदह ताल नजिकै दुई युवकमाथि सामुहिक कुटपिट


लेखक : सुन्दराञ्चल      भदौ २५, २०८० मा प्रकाशित     
बाजुरा जिल्ला छेडेदह ताल नजिकै दुई युवकमाथि सामुहिक कुटपिट

बाजुरा भदौ २५, बाजुरा जिल्ला खप्तड छेडेदह गाँउपालिकाको छेडेदह ताल नजिकै दुई युवकमाथि सामुहिक कुटपिट भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि शामुहिक कुटपिट भएको हो। छेडेदह ताल नजिकै ती युवकमाथि कुटपिट भएको हो।

कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले ,चहिनले हानेको जनाएको छ। घाइते दुबै जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap