बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा यहि असार २३ गते स्थानिय चुनाव हुने,


लेखक : सुन्दराञ्चल      असार २०, २०७९ मा प्रकाशित     
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा यहि असार २३ गते स्थानिय चुनाव हुने,

बाजुराः असार २० , सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा यहि असार २३ गते स्थानिय चुनाव हुने भएको छ । भने स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको मुख्य जिल्ला निर्वाचन अधिकृत माधव प्रशाद घिमिरेले जानकारी दिए ।

निर्वाचन अधिकृतका अनुसार निर्वाचनमा निर्वाचन अधिकृत १ जना,सहायक निर्वाचन अधिकृत १ जना,मतदान अधिकृत १९ जना सहायक मतदान अधिकृत १९ जना र अन्य ३८ जना कर्मचारीलाई निर्वाचन आश्यक समाग्री दिएर पठाईसकेको प्रमुख निर्वाचन अधिकृत माधव घिमिरले बताए । सो नगरपालिकामा १९ वटा मतदान केन्द्र,१० वटा मतदान स्थल रहेका छन् ।

सुरक्षामा कस्तो छ त कडाइ,

बुढीगंगा नगरापालिकाको निर्वाचनमा सुरक्षामा कडाइ गरिने भएको छ । बैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेका कार्यकता र नेपाली काँग्रेसका कार्यकर्ता विच दोहोरो झडप हुदाँ निर्वाच स्थगित भएको थियो । भने

उक्त नगरपालिकाका केही मतदान केन्द्रमा सुरक्षाकर्मिले मतदान केन्द्र नै छोडेर हिडेका थिए । भने सो क्षेत्रमा मतदाताहरुले असुरक्षाको महसुस गरेका थिए ।

यहि असार २३ गते हुने निर्वाचनमा मतदाताहरुलाई स्वतन्त्र रुपमा मतदान गराउन र कुनै पनि मतदातालाई असुरक्षाको महसुस हुन नदिन सो क्षेत्रमा सुरक्षामा कडाइ गरिने जिल्ला सुरक्षा निकायका प्रमुख एवम प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताए । सोही

नगरपालिकाका सबै मतदान केन्द्रमा चार वटै सुरक्षा निकायबाट प्रयाप्त मात्रामा सुरक्षाकर्मि परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । निर्वाचनमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,अनुसन्धान गरि चार वटै सुरक्षा निकायबाट सुरक्षाकर्मि पठाइसकेको जिल्ला सुरक्षा समितिले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap