बाजुरा- आज आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका-६ सालिकोटका बाढी पहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता दिउँसो साढ एक बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए ।
घर निर्माण भएको एक महिना बित्न नपाउँदै हावाहुरीले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हावाहुरीले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ । रासस