बाजुरामा सामाजिक सुरक्षा भत्ता घर घरमै


लेखक : सुन्दराञ्चल      बैशाख १८, २०८१ मा प्रकाशित     
बाजुरामा सामाजिक सुरक्षा भत्ता घर घरमै

बाजुरा-  बैशाख १८,बुढीनन्दा नगरपालिकाले अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक र एकल महिलालाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखाको सहकार्यमा वडा नं. ४ मा पर्ने कुरुक्षेत्रका ज्येष्ठ नागरिकलाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष जुल्फे रोकायाले बताए । कुरुक्षेत्र राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखादेखि एक दिन पैदल यात्राको दुरीमा पर्दछ, ज्येष्ठ नागरिकलाई कुरुबाट कोल्टी आउनजान दुई दिन लाग्ने गर्छ ।

बैङ्कले वडा नं. ७, ८, ९ र १० का नागरिकलाई पनि घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको नगर प्रवक्ता जङ्गवीर रोकायाले जानकारी दिए । पालिका पञ्जीकरण शाखाका कर्मचारी सन्तोषी विकले बैङ्कको सेवा प्रवाहमा असर नपर्ने गरेर सार्वजनिक बिदाको दिन सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जानकारी दिए ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap