बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      मंसिर ९, २०८१ मा प्रकाशित     
बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु

बाजुरा : मंसिर ९,बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसो जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् ।

सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अन्दाजी ४८ बर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० बर्षका पर्मलाल सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताएका छन् । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउन हेलिकप्टरको पहल भइरहेको छ ।

बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोलि घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।v

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap