बाजुरामा मतदान केन्द्रमा खटाइए कर्मचारीलाइ,


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०७९ मा प्रकाशित     
बाजुरामा  मतदान केन्द्रमा खटाइए कर्मचारीलाइ,

बाजुरा बैशाख २६ आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा ५ सय ५८ जना कर्मचारी खटाइएका छन ।भने

जसमा १ सय १२ जना मतदान अधिकृत,१ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मत पेटीका र अन्य मतदान केन्द्रमा आवश्यक समाग्रीहरु दिएर सबै कर्मचारी पठाइसकेको निर्वाचन कार्यालय बाजुराले जानकारी दिए ।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र र मतदान स्थल अनुसारनै कर्मचारीको व्यवस्थापन गरेर पठाइएको निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए ।

बाजुरामा कुल ८२ हजार ६ सय ९० मतदाता रहेका छन । जसमा पुरुष ४२ हजार १ सय ५१ र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जनाले मतदान गर्ने भएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap