बाजुराः जेष्ठ २४ बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा न ९ पैमामा तिन जना एकल महिलालाई बास नेपाल द्धारा आर्थिक सहयोग गरिएको छ ।
जिल्लामा आर्थिक अवस्था कमजोर भएकी एकल महिलाई बास नेपालले सयोग गर्दै आएको छ । आर्थिक अबस्था कम्जोर भएकि,एकल महिला निर्मला थापा, सरीता मिजार, र भुजा नेपालीलाई रु पाँच पाँच हजार गरि जम्मा रु १५ हजार नगद दिएको बास नेपाल बाजुरा सहज कर्ता सुनिता जैशीले बताएकि छिन् ।
बास नेपालको सहकार्य र युनिसेफ नेपालको आर्थिक सहयोगमा सो रकम हस्तान्त्रण गरेको सहजकर्ता जैशीले बताईन ।
बास नेपालले युनिसेफ नेपालको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँठाउँमा आर्थिकरुपले पछाडि परेका एकल महिला तथा बालबालिकाहरुलाई आर्थिक सहयोग हस्तान्त्रण गर्दै आएको छ ।भने
आर्थिक सहयोग पाएकोमा आफुलाई धेरै खुसी लागेको र घर खर्च धान्न केहि सहजता पुग्ने भएको एकल महिला निर्मला थापा, सरीता मिजारले बताए ।