बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु


लेखक : सुन्दराञ्चल      जेष्ठ ३१, २०८० मा प्रकाशित     
बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु

जेठ ३१, बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मंगलवार साँझ आएको अविरल वर्षा सँगै चट्याङ पर्दा जगन्नाथ गाउँपालिका–१ का ३१ वर्षीया युवक यमराज बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैँसी गोठालो गएका थिए ।

भैँसी गोठालो गएका उनको राती करिब ८ बजे रुखमा चट्याङ परेर मृत्यु भएको प्रहरीको भनाई छ । घटना स्थल तर्फ प्रहरीको टोली राती १ बजे नै गई सकेको तर घटनास्थल सम्म भने अहिले नपुगेको बताइएको छ । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap