बाजुरामा एमाले बिभाजनको सबैभन्दा कम असर


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
बाजुरामा एमाले बिभाजनको सबैभन्दा कम असर

बाजुरा,१६ भदौ । बाजुरामा स्थानीय तहमा निर्बाचित अधिकांश जनप्रतिनिधि नेकपा एमालेका पक्षमा उभिएका छन् । सुदूरपश्चिमका अधिकांश जिल्लाका प्रदेश सभा सदस्य र जिल्ला स्तरीय नेताहरुले एमाले पार्टी छोड्दा बाजुरामा भने बिगतमा फरक फरक समूह र गुटमा रहेकाहरु समेत एमालेमा एक ढिक्का भएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाको गृहजिल्ला बाजुरामा पार्टी बिभाजनको सबैभन्दा कम असर परेको छ । बाजुराका नौ वटा स्थानीय तहमध्ये छ वटामा नेपाली काँग्रेसले जितेको थियो ।

तीन वटा स्थानीय तहको प्रमुख र चार वटा स्थानीय तहको उपप्रमुखमा एमालेले जितेको थियो । जसमध्ये गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकाया र उपाध्यक्ष सिता रोकाया थापा, जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष ऐना गिरी एमालेका पक्षमा उभिएकी छन् ।  बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मी शुरुदेखि नै एमालेका पक्षमा थिईन ।

स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरन्जिवी शाही र उपाध्यक्ष मिमा बुढा भने नेकपा एकीकृत समाजवादीको पक्षमा रहेको समाजवादीका नेताले दावी गरे । यद्दपि उनी खुलेर कतै लागिसकेका छैन । यसअघि एमालेको जिल्ला बैठकमा शाही सहभागी भएनन । सोही कारण उनी एमालेका पक्षमा नरहेको अनुमान गरिएको हो । बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य प्रकाश बहादुर शाह र बलदेव रेग्मी एमालेमै छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap