बाजुरामा एमाले बिभाजनको सबैभन्दा कम असर


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
बाजुरामा एमाले बिभाजनको सबैभन्दा कम असर

बाजुरा,१६ भदौ । बाजुरामा स्थानीय तहमा निर्बाचित अधिकांश जनप्रतिनिधि नेकपा एमालेका पक्षमा उभिएका छन् । सुदूरपश्चिमका अधिकांश जिल्लाका प्रदेश सभा सदस्य र जिल्ला स्तरीय नेताहरुले एमाले पार्टी छोड्दा बाजुरामा भने बिगतमा फरक फरक समूह र गुटमा रहेकाहरु समेत एमालेमा एक ढिक्का भएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाको गृहजिल्ला बाजुरामा पार्टी बिभाजनको सबैभन्दा कम असर परेको छ । बाजुराका नौ वटा स्थानीय तहमध्ये छ वटामा नेपाली काँग्रेसले जितेको थियो ।

तीन वटा स्थानीय तहको प्रमुख र चार वटा स्थानीय तहको उपप्रमुखमा एमालेले जितेको थियो । जसमध्ये गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकाया र उपाध्यक्ष सिता रोकाया थापा, जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष ऐना गिरी एमालेका पक्षमा उभिएकी छन् ।  बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मी शुरुदेखि नै एमालेका पक्षमा थिईन ।

स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरन्जिवी शाही र उपाध्यक्ष मिमा बुढा भने नेकपा एकीकृत समाजवादीको पक्षमा रहेको समाजवादीका नेताले दावी गरे । यद्दपि उनी खुलेर कतै लागिसकेका छैन । यसअघि एमालेको जिल्ला बैठकमा शाही सहभागी भएनन । सोही कारण उनी एमालेका पक्षमा नरहेको अनुमान गरिएको हो । बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य प्रकाश बहादुर शाह र बलदेव रेग्मी एमालेमै छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap