बाजुराको ३ घरमा आगलागी


लेखक : सुन्दराञ्चल      मंसिर १०, २०८१ मा प्रकाशित     
बाजुराको ३ घरमा आगलागी

मंसिर १०,  बाजुराको ३ घरमा आगलागी भएको छ।जिल्लाको बुढिनन्दा नगरपालिका–४ ताडीका गुलाब बोहरा, भिमलाल बोहरा र हिरामणी बोहराको संगै जोडिएको घरमा आइतवार बिहान आगलागी भएको हो। आगलागी हुँदा तीनै जनाको घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap