बाजुरा मंसिर १७, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी विजयी हुनुभएको छ ।
एमालेकी भण्डारीले एक हजार ७४० मत ल्याएर विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ मत ल्याउनु भएको थियो ।
भण्डारीले शाहीलाई २ सय ६६ मतले हराउँदै गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयो ।
यस्तै नेकपा समाजवादीकी जवा शाहीले ३५३ मत ल्याउनु भएको छ भने १३६ मत बदर भएको छ ।