बाजुराको स्वामीकार्तिकमा आजै मतगणना गर्ने तयारी


लेखक : सुन्दराञ्चल      मंसिर १६, २०८१ मा प्रकाशित     
बाजुराको स्वामीकार्तिकमा आजै मतगणना गर्ने तयारी

बाजुरा : मंसिर १६, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार नै मतगणना गर्ने तयारी गरिएको छ । गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान जारी रहेका बेला निर्वाचन आयोगले आइतबार नै मतगणना थाल्ने तयारी गरिएको जनाएको छ ।

बाजुराका प्रमुख निर्वाचन अधिकृत अंगतबहादुर महतले मतदान सम्पन्न भएपछि तत्कालै गाउँपालिका कार्यालयको हलमा मतपेटिका संकलन गरेर राखिने बताए । सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि तत्कालै मतगणना गरिने महतले बताए । स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुल्तीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र नेकपा एकीकृत समाजवादीकी जवा शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकी नेपाली कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा आइतबार उपनिर्वाचन भएको हो । कुल सात हजार ४६० मतदाता रहेको यो पालिकामा साँझ ४ बजेसम्म तस्न हजार ८७९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । त्यसअघि नै मतदान स्थलमा प्रवेश गरेका मतदातालाई भने मत हाल्ने दिइनेछ ।

add
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap