बाजुराको स्वामीकार्तिकमा मतदान जारी, सुरक्षा व्यवस्था कडा


लेखक : सुन्दराञ्चल      मंसिर १६, २०८१ मा प्रकाशित     
बाजुराको स्वामीकार्तिकमा मतदान जारी, सुरक्षा व्यवस्था कडा

बाजुरा  मंसिर १६,  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ ।

उपचुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

गाउँपालिका उपाध्यक्षका लागि तीन जना उम्मेदवार छन् । एमालेबाट सुलोचनाकुमारी भण्डारी, नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही चुनावी मैदानमा उत्रिएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap