बाजुराको पूर्वी उत्तरमा पर्ने भेडीगोठ धमाधम औल झर्दै


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०८१ मा प्रकाशित     
बाजुराको पूर्वी उत्तरमा पर्ने भेडीगोठ धमाधम औल झर्दै

बाजुरा  १८, बाजुराको पूर्वी उत्तरमा पर्ने बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकाका भेडीगोठ धमाधम औल झर्न थालेका छन् । मङ्सिरको पहिलो साता देखिनै यहाँको हिमाली भेगमा निकै चिसो बढेसँगै अहिले ती भेँडीगोठ बिस्तारै औल बेँसी झर्न थालेका हुन् ।चिसोको समय भेडीगोठलाई औल सार्ने र गर्मीयाममा तातो बढेसँगै फेरि ती भेडीगोठ लेकमा सार्ने चलन छ । यहाँको पूर्वी क्षेत्रमा रहेका भेडापालक स्थानीयहरूको यो चलन पहिलेको पुस्ता देखि अहिलेसम्म उस्तै रहेको छ ।

पुस्ताले व्यवसाय तथा भेडापालन गर्नका लागि भेडीगोठलाई औल सार्ने गर्थे । उनीहरूले तल्लो क्षेत्रका बुढीङ्गगा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामका विभिन्न ठाउँमा लाने र त्यहाँका स्थानीयको गाउँ घरमा नुन तेल चामल बिक्री गर्ने गर्थे । अहिले ती सबै गाउँ बस्तीमा सडक पुगेपछि गाडी गुड्न थालेका छन् । पहिला हाम्रा पुस्ताले उनीहरूको घरमा लिएर बिक्री गर्ने नुन, तेल, चामल लगायतका दैनिक उपभोग्य सामाग्री अहिले गाडीले घरमै पुगाई दिन्छ ।

उनीहरूले भेडामा दैनिक उपभोग्य सामाग्री ढुवानी गरी यहाँका अधिकांश गाउँ बस्तीमा बिक्री गर्ने गर्थे । अहिले यहाँका सबै गाउँ बस्ती सडक सञ्चालनको पहुँचमा भएपछि उनीहरूको त्यो व्यवसाय बिस्तारै सङ्कटमा पर्ने गरेको छ ।

यती मात्र होइन अहिले यहाँका भेडापाकललाई भेडापालन गर्न समेत निकै समस्या हुन थालेको छ । यहाँका गाउँ बस्तीमा रहेका वन जङ्गल सबै अहिले सामुदायिक भएपछि उनीहरूलाई भेडाबाख्रा पालनमा यो सङ्कट आएको हो ।

भेडाबाख्रा चरिचनर नगर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ । तर यहाँ भएका सबै वन सामुदायिक भएकोले अहिले उनीहरूले बिस्तारै भेडापालन छोड्नु पर्ने अवस्था आएको छ ।

यहाँको हिमाली गाउँपालिकामा १३८ भेडीगोठमा ६ हजार, स्वामिकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जनगाथना गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै बिस हजार भन्दाबढी भेडाबाख्रा रहेको बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताए ।

यहाँका पशु प्राविधिकका अनुसार बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । यो भन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने यतीबेला कमी आएको छ ।

यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएको कारण पछिल्लो समयमा यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताइन् । गोरखापत्रबाट

 

add

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap