धनगढी कार्तिक २०, बाजुराको जिल्लाको सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ८ बीर बहादुर थापाको घरमा आज विहान आगलागी भएको हो । भने घरमा कसरी आगलागि भयो भन्ने कुरा थाहाँ नभएको पिडीत थापाले बताए । स्थानियका अनुसार बिजुलीको तार सट भएर आगलागि भएको होकी स्थानिएले अनुमान गरिएको छ । भने बिहान ७ बजेर १८ मिनेटको समयमा घरमा आगोको मुस्लो आए पछि स्थानिय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको घटाना स्थलमै रहेका प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार जिल्लामा दमकलको सुविधा नहुदा मान्छेबाट आगो नियन्त्रणमा लिन निकै नै समय लागेको थियो ।करिब २ घण्टा पछि मात्र आगो नियन्त्रणमा लिइएको बताए । तिन तले घरको तल्लो तल्लाबाट सल्केको आगोले पुरै घर जलेर नष्ट भएको पनि प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घर मालिक सो घरमा नबस्ने भएकेले घरमा बिद्यार्थीहरु मात्र भाडामा लिएर बसेका थिए । तिन तल्ले सो कच्ची घरमा ८ वटा कोठाहरु रहेका थिए सबै कोठाहरुमा क्याम्पस पढ्ने बिद्यार्थीहरु मात्र बस्दै आएका थिए ।