बाजुराका प्रमुख लागुऔषधसहित धनगढीमा पक्राउ


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०८२ मा प्रकाशित     
बाजुराका प्रमुख लागुऔषधसहित धनगढीमा पक्राउ

बाजुरा—गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख सहित बाजुराका एक जना लागुऔषधसहित धनगढीमा पक्राउ परेका छन् । शुक्रवार दिउँसो धनगढी उपमहानगरपालिका १३ राजपुरबाट लागुऔषध सहित पक्राउ परेका हुन् ।

नवलपरासी स्थायी घर भएका शाखा प्रमुख अन्दाजी २८ बर्षका अंकितकुमार निगम बानियाँ र बाजुराको त्रिवेणी नगरपालिका ८ का अन्दाजी बर्ष २५ का मेतेन्द्र गिरीलाई ८ ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख बानियाँले चलाएको मोटरसाइकलमा पछाडि सवार गिरीले बोकेको झोलाभित्र लागुऔषध फेला परी बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बताएका छन् । उनले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap