बाजुरा ९ जेठ, बाजुरा जिल्लाको दुर्गम भेगका स्थानीयले वर्षातको जोगो गर्न थालिएका छन् । जिल्लाको स्वामिकार्कित गाउँपालिकाको अति विकट गाउँ मुक्तिकोट विक्री केन्द्रबाट सोमबारदेखि चामल विक्री गर्न थालिएको हो। चामल किन्न पाएपछि दुर्गम भेगका बासिन्दाको अनुहारमा खुसी छाएको छ ।
बाजुरा जिल्लाको दुर्गम भेगका स्थानीयले अब केही समय पछि वर्षात को समय भएकाले स्थानिय चामल को जोगो गर्ने पाएपछि अनुहारमा खुसी छाएको हो । सो गाउँपालिकाको वडा नम्बर १ र २ साविक साप्पाटा का स्थानीयलाई नेपाल खाद्य तथा व्यापार कम्पनीले ६६ रुपैयाँ प्रतिकिलोका दरले मोटा चामल बिक्रीवितरण सुरु गरेको छ।