बागमती प्रदेशमा ७३ प्रतिशत धान रोपाइँ सकियो,


लेखक : सुन्दराञ्चल      साउन ६, २०७९ मा प्रकाशित     
बागमती प्रदेशमा ७३ प्रतिशत धान रोपाइँ सकियो,

६ साउन,  बागमती प्रदेशमा ७३ प्रतिशत धान रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लामा धान उत्पादन हुने १ लाख २० हजार ५ सय ७० हेक्टर जमिन रहेकोमा मंगलबारसम्म ८८ हजार ९ सय १० हेक्टरमा मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए ।

प्रदेशका १३ मध्ये तीन जिल्लामा पूर्णरूपमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार ९ सय ५९ हेक्टर, ललितपुरमा ४ हजार १ सय ७५ हेक्टर र भक्तपुरमा ३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलको जग्गामा धान खेती हुने गरेको छ ।

हालसम्ममा सबैभन्दा कम रामेछापमा ६० प्रतिशत मात्रै रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता कँडेलले बताए । यो जिल्लामा ८ हजार ८ सय ९३ हेक्टर रोपाइँ हुने जग्गा रहेकोमा हालसम्म ५ हजार ३ सय ३६ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, धादिङमा ६८ प्रतिशत अर्थात ११ हजार १ सय ५९ हेक्टरमध्येको ७ हजार ५ सय ८८ दशमलव १२ हेक्टरमा रोपाइँ भएको छ ।

दोलखाको २ हजार ९ सय २१ हेक्टर क्षेत्रफल रोपाइँ हुने जग्गामा मंगलबार २ हजार ५० हेक्टर अर्थात ७० प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुलीको १५ हजार ४ सय २३ हेक्टर मध्ये १० हजार ७ सय ९६ अर्थात ७० प्रतिशत धान रोपाइँ सकिएको छ । यस्तै, काभ्रेमा ९ हजार ३ सय ८५ हेक्टर धान रोपाइँ हुने जग्गामा हालसम्ममा ७६.६ प्रतिशत अर्थात ७ हजार ४ सय ७४ दशमलव ४ हेक्टरमा रोपाइँ सकिएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा ८ हजार ५ सय ९० हेक्टरमध्ये ७०.५ प्रतिशत अर्थात ६ हजार ५६ हेक्टर खेतमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै धान उत्पादन हुने चितवनमा २२ हजार ९ सय ७७ हेक्टर धानले ढाकेको क्षेत्रफल छ । जहाँ हालसम्ममा ८० प्रतिशत अर्थात १८ हजार ३ सय ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नुवाकोटमा १४ हजार २ सय ८३ हेक्टरमध्ये ७५ प्रतिशत अर्थात १० हजार ७ सय १२ हेक्टरमा रोपाइँ भएको छ भने रसुवामा ८० प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ । रसुवाको १ हजार ८ सय ७२ हेक्टर धानले ढाकेको जग्गा मध्ये मंगलबार सम्ममा १ हजार ४ सय ९७ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मकवानपुरमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । मकवानपुरको ११ हजार हेक्टर क्षेत्रफल धान उत्पादन हुने जग्गा रहेकोमध्ये ७ हजार ७ सय हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको प्रवक्ता कँडेलले बताए ।

बागमतीमा पछिल्लो केही वर्षयता धान उत्पादन घट्दो क्रममा छ । कृषिप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको हो । आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ५ लाख १० हजार २ सय, २०७५/०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap