धनगढी चैत्र २९, बसको ठक्करबाट मृत्यु भएका हेमराज कुँवरका परिवारलाई क्षतिपूर्ति दिने सहमती भएपछी अछामको यातायात सुचारु
भएको छ । जिल्लाको साँफे बजार तथा यातायात बन्द गरेको पाँच दिनपछि पूर्ण रुपमा सुचारु भएको अछाम प्रहरीले बताएको छ।
अछाम प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय अछाममा पीडित, सुदुरपश्चिम बस व्यवसायी प्रालिका प्रतिनिधि बिच भएको छलफलमा औषधि उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने मृतककी श्रीमतीलाई बस काउन्टरमा रोजगारी दिने हेलिकप्टर मार्फत काठमाणडौ लैजादा लागेको खर्च सुन्दर सुदुरपश्चिम यातायात प्रालिले बेहोर्ने सहमतिपछि यातायात सुचारु भएको हो। सुप्रप ०१–००१ ख ३१५४ नम्बरका बसले हेमराजलाई ठक्कर दिएको थियो। मृतकका श्रीमती र दुई छोरी रहेका छन्।