बली चढाउन भारत लगिएको आशंका, ६ पक्राउ


लेखक : सुन्दराञ्चल      माघ २०, २०७९ मा प्रकाशित     
बली चढाउन भारत लगिएको आशंका, ६ पक्राउ

 काठमाडौं  २० माघ, । बली चढाउन भन्दै भारत लगिएको आशंका गरिएको एक जना किशोरीको प्रहरीले उद्दार गरेको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्दार गरेको हो । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्दार गरिएको छ । उनलाई बिहीबार उद्दार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ छ ।

बालिकालाई भारत लैजाने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अझै अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका अुनसार पीडित किशोरीलाई १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिइ बन्धक बनाएको पाइएको एसएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार २० पुस विभिन्न व्यक्तिहरु मिलेर उनलाई स्थलमार्गबाट सुनौली नाका हुँदै भारतको नयाँ दिल्ली पहाडगञ्ज लगेका थिए । पक्राउ परेकाहरुले दिएको बयान अनुसार उनीहरुलाई कम्तिमा ५ फिट ४ इञ्च उचाइ भएको, शरीरमा कुनै दाग वा ट्याटु नभएको र कुनै अंगमा चोटपटक नभएको, रजश्वला नभएको किशोरी ल्याउन भनिएको थियो ।

पीडित किशोरीलाई एक जना तान्त्रिक बाबासँग भेटाइदिएर खुशी बनाए अथाहा पैसा पाउने भनिएको प्रहरीको भनाइ छ । ‘बालिकालाई भारतको विभिन्न स्थानमा रहेका ३ जना फरकफरक तान्त्रिकसँग भेटाएको पनि पाइएको छ’, श्रेष्ठले भने, ‘हाल किशोरीलाई एक सामाजिक संस्थाको सेल्टरमा राखिएको छ ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap