बलिउड सेलिब्रेटीले लगाएको परम्परागत र आधुनिकताको मिश्रणयुक्त गहनाहरु


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
बलिउड सेलिब्रेटीले लगाएको परम्परागत र आधुनिकताको मिश्रणयुक्त गहनाहरु

धेरैजसो हामी पश्चिमी पोसाकसँगै नेपाली गहना लगाउन वा परम्परागत गहनालाई पुरानो फेसन भनेर नकार्ने गर्छाैं । तर यही पश्चिमा डिजाइन र नेपाली डिजाइनको मिश्रण तयार पार्ने हो भने यसले नयाँ ट्रेन्ड चल्ने गर्छ ।

सुनको नेकपिस, चाँदीको झुम्का आदिलाई परम्परागत पोसाकसँग मात्र लगाउन सकिन्छ । भारत र नेपालमा पनि सेलिब्रेटीहरुले भारत र नेपालमा पनि सेलिब्रेटीहरुले नेपाली मौलिक र पश्चिमा गहनालाई बढी प्राथमिकतामा राखेको पाइन्छ । केही भारतीय सेलिब्रेटीहरुले लगाउने यस्तो खाले गहनाको बारेमा विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा तल उल्लेख गरिएको छ ।

सोनम कपूरले सेतो प्यान्टसूटको साथमा ग्रीन स्टोन वाला पाँच लेयरयुक्त नेकपिस लगाउँछिन् । यदि तपाईं कुनै पार्टीको शान बन्ने हो भने जसले पनि यो तहको नेकपिस लगाउन सक्छन् ।

सोनमले कालो गाउनको साथ पन्ना जोडिएको गहना र ह्वाइट स्टोनवाला टीका लगाउँछिन् । यदि तपाईंले कहिलेकाहीँ यसरी कम्बिनेसनको बारेमा सोच्नु भएको छ भने यो पनि कोसिस गर्न सकिन्छ ।

अदिति राव हैदरीले वन सोल्डर एम्बेलिश्ड जम्पसुटको साथमा परम्परागत स्टोन इयर रिङ्स लगाउने गर्छन् । यसरी धेरै भारतीय पोसाकको साथमा पनि यो लगाउने गरिन्छ । यस्तो प्रकारका झुम्काहरु प्रायः भारतीय पोसाकसँग लगाइन्छ । तर अदिति जस्तै तपाईं पनि सजिलै पश्चिमी लुगासँग यी परम्परागत गहना लगाउन सक्नुहुन्छ ।

आलिया भट्ट प्रिन्टेड साडीको साथमा शुद्ध भारतीय झुम्का लगाउँछिन् । यसरी साडीको साथमा तपाईं पनि भारी झुम्का लगाउन सक्नुहुन्छ ।

डार्क शेड वेस्टर्न आउटफिटको साथमा गोल्डन शेड चाँदवालीकोे संयोजन ।

शोभिता धुलिपालाले वेस्टर्न आउटफिटको साथ गोल्ड चाँदवाली र हेभी नेकपिस लगाउँछिन् । यस्तो नेकपिस साडीको साथमा लगाउन सकिन्छ । यदि तपाईं पनि यस्तो लगाउन चाहनुहुन्छ भने सक्नुहुन्छ ।

हरियो रंगको ब्राकेड फुल लेन्थ स्कर्ट र आधारभूत रुपमा सेतो सर्टको साथमा सोभिता धूलिपालाले आकर्षक गहना लगाउने गर्छिन् । जसमा हेभी लेयर्ड नेकपिस, झुम्का, औंठी र ब्रेसलेट समेत उनको सौन्दर्यमा समान छ । यो पछिल्लो समय विवाहमा जाँदा लगाउने चर्चित गहना बनेको छ ।

कालो आउटफिटको साथमा अक्सडाइज्ड गहना लगाउन सकिन्छ । मौनी रायले कालो साडीमा सजिएको तस्वीर पोस्ट गरेकी थिइन् । यस्तो पोसाक अरुले पनि लगाउन सक्छन् ।

सान्या मल्होत्राले एउटा सर्टको साथमा चाँदीको नेकपिसमा सजिएको तस्वीर सार्वजनिक गरिन् । यस्तो पोसाक पनि प्रयोग गर्न सकिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap