बलात्कृत बालिका न्यायको प्रतीक्षामा, आफन्त भन्छन् – ‘पीडक सुखी, हामी कति पीडामाथि पीडा खेप्ने ?’


लेखक : सुन्दराञ्चल      अशोज १५, २०७८ मा प्रकाशित     
बलात्कृत बालिका न्यायको प्रतीक्षामा, आफन्त भन्छन् – ‘पीडक सुखी, हामी कति पीडामाथि पीडा खेप्ने ?’

धनगढी-कैलालीकी एक १३ वर्षीया बालिका गत वर्ष माघमा बलात्कृत भइन् ।बलात्कृत भए पनि उनले डरका कारण कसैलाई पनि केही पनि भनिनन् । केही सातापछि उनको पेट दुख्न थाल्यो । अभिभावकले उनलाई उपचारका लागि नजिकैको क्लिनिकमा लगे । चेकजाँचबाट उनको पेटमा गर्भ रहेको पाइयो । अभिभावकले धेरै सोधपुछ गरेपछि बल्ल बालिकाले आफूमाथि छिमेकी कालुराम थारुले जबरजस्ती करणी गरेको खुलासा गरिन् ।

प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा बिसराम भनिने कालुराम थारुलाई पक्राउ गर्यो ।

कालुराम अहिले कैलाली जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कैलाली कारागारमा बन्दी छन् । बालिकाका अभिभावकहरू चाड मनाउन बाहिर गएको बेला थारुले उनीमाथि बलात्कार गरेका थिए ।

बालिका बलात्कृत भएको नौ महिना पुग्न लागेको छ । बलात्कारसम्बन्धी मुद्दा फागुन ३ गते अदालतमा दायर भएको थियो । पीडित बालिकाको परिवार अदालतको फैसलाको प्रतिक्षामा छ । पीडित बालिकाका बुबाले भने, ‘हामीमाथि यत्रो पीडा दिने मान्छे मजासँग कारागारमा बसेको छ । हामीले अदालतमा बयान दिन बारम्बार धाउनु परिराखेको छ ।’

बालिकामाथि बलात्कारको मुद्दा अदालतमा दायर भएको आठ महिना भइसक्दा पनि फैसला नभएकोले उनको परिवार निकै खिन्न देखिन्छन् ।

कैलाली जिल्ला अदालतका अनुसार सो मुद्दाको पहिलो पेसी बैशाख ७ गते तोकिएको थियो । सो समयमा अदालतले विशेषज्ञसँग बुझन आदेश दिएको थियो । त्यसयता सो मुद्दाको पेसी तीन पटक सरिसकेको छ । गत असार २९ गते तोकिएको मुद्दाको पेसी कानुन व्यवसायी आउन नसक्ने भएपछि स्थगित गरेर साउन २७ गते तोकिएको थियो ।

तर, सो मितिमा बार एकाइको पत्रका कारण मुद्दाको पेसी फेरि साउन १६ गते तोकिएको थियो । त्यो दिन पनि इजलास नबसेका कारण पुनः असोज १९ गते तोकिएको छ । दोषीलाई छिटो कानुनअनुसार सजाय दिनुपर्ने पीडित परिवारको भनाइ छ ।

डीएनए परीक्षण भएन

ती बालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेपछि पीडित परिवारले डीएनए परीक्षणको माग गरे । तर, अहिलेसम्म डीएनए परीक्षण भएको छैन । पीडक पक्षले सहमति नगरेका कारण अहिलेसम्म डीएनए परीक्षण हुन नसकेको बताइन्छ ।

पीडितकी आमाले भनिन्, ‘छोरीले बच्चा पनि जन्माइसकेकी छे । बच्चा र अभियुक्त कालुरामको डीएनए परक्षण गराउनु पर्यो भनेर बारम्बार माग गर्यौँ, तर कसैले पनि सुन्दैन ।’ अभियुक्तलाई उम्काउने प्रयास त भइराखेको छैन भन्ने उनको आशंका छ ।

नवजात शिशुको स्वास्थ्य अवस्था नाजुक बन्दै

बलात्कृत बालिकाले गत साउन २६ गते धनगढीस्थित एउटा नीजि अस्पतालमा छोरी जन्माएकी थिइन् ।

उनका आफन्तहरूका अनुसार नवजात शिशुको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap