बलात्कार आरोपमा युवक पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
बलात्कार आरोपमा युवक पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–१ घर भएका २९ वर्षीय सीताराम थारु छन् । सीतारामले बारबर्दिया स्थित हरियाली सामुदायिक वनमा २६ वर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय बानियाँभारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap