बर्सेनि घट्दै एसइई दिने विद्यार्थी बाजुरामा


लेखक : सुन्दराञ्चल      चैत्र ४, २०८० मा प्रकाशित     
बर्सेनि घट्दै एसइई दिने विद्यार्थी बाजुरामा

बाजुरा-चैत ०४, बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला दुई शैक्षिक सत्रको तथ्याङ्क अनुसार बाजुरामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।

गत वर्ष बाजुराबाट ३ हजार ३८२ जनाले (एसइई) दिएका थिए । भने यो वर्ष दुई हजार ९३३ जना परीक्षामा सहभागी हुने भएका छन् । गत वर्षको भन्दा यो वर्ष बाजुराबाट (एसइई) सहभागी हुनेको सङ्ख्या ४४९ जना घटिआएको छ यो वर्ष बाजुरामा नियमिततर्फ एक हजार ४८७ छात्र र एक हजार ३४७ छात्रा गरी दुई हजार ८३४ र ग्रेड वृद्धिका लागि छात्र ५१ छात्रा ४८ गरी ९९ जना विद्यार्थी (एसइई) दिनमा योग्य रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई चैत्र १५ गते बिहीबार सुरु भएर चैत २७ गते मङ्गलबार सम्म चल्ने भएको छ । यो वर्षमा पनि बिहान ८ बजे देखि ११ बजे सम्म सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको विष्टले बताए ।

बाजुरामा कक्षा एक देखि तीन सम्म २२८ , चार देखि पाँच सम्म १७६ ,छ देखि आठ सम्म ११२ , नौ देखि १० सम्म ६७ , एघार देखि १२ सम्म २९ र तीन वटा क्याम्पसमा गरी ६१५ विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap