बरेली भोजीपुरा मा रहेको श्री राम मुर्ती स्मारक ईन्स्टिच्युटमा रोबोटीक सर्जरी सेवा सुरु


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०८१ मा प्रकाशित     
बरेली भोजीपुरा मा रहेको श्री राम मुर्ती स्मारक ईन्स्टिच्युटमा   रोबोटीक सर्जरी सेवा सुरु

भारतको  गरेको छ । श्री राम मुर्ती स्मारक ईन्स्टिच्युट अफ मेडिकल साइन्सेज बरेलीका मार्केटिङ विभागका प्रमुख विनित वर्माले यहि बैशाखबाट मेडिकल कलेजले उक्त सेवा सुरु गरेको बताउनु भयो । बरेली लख्नौ क्षेत्रको पहिलो रोर्बटीक सर्जरी गर्ने मेडिकल कलेजको रुपमा राम मुर्ती स्थापीत भएको छ । भारतको दिल्ली , र मुम्बै मा मात्र यो सुविधा उपलव्ध छ । रोबोटबाट जनरल सर्जरी ,गैस्टो सर्जरी ,र्गाइने सर्जरी, क्यान्सरको सर्जरी ,युरो र (गुर्दा )को अप्रेसन गर्ने बताउनु भयो । मेडिकल कलेजले अप्रेसनको न्युनतम शुल्क ६५ हजार भारुबाट सुरु गरेको छ । एक हजार शैय्याको अस्पताल श्री राम मुर्ती स्मारक अस्पताल ट्रष्टद्वारा सञ्चालित मेडिकल कलेज हो । मेडिकल कलेजमा १ हजार शय्या छन् भने ११ वटा विभाग छन् । अस्पतालमा १३० जना विशेषज्ञ चिकित्सक छन् भने ६५० चिकित्सकले सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पताल व्यवस्थापनका अनुसार सन् २००२ मा स्थापना भएको मेडिकल कलेजमा दैनिक १५ हजार बिरामी आउने गरेका छन् । विशेषज्ञ चिकित्सकको पढाई हुने श्री राम मुर्ति मेडिकल कलेजमा एकै छानामुनि अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको छ । विपन्न बिरामीको निस्शुल्क उपचार श्री राम मुर्ती स्मारक अस्पतालले विपन्न बिरामीको निस्शुल्क उपचार गर्दै आएको बताएको छ । नेपालीहरु समस्यामा नपरुन् भनेर नेपाली काउन्टर नै राखेका छौ । यहाँबाट जाने सबै नेपाली विरामिलाई उपचारदेखि अन्य सम्पुर्ण सहयोग उनैले गर्छन् । हाल दैनीक २ सय सम्म विरामिहरु दैनीक राम मुर्तिमा आउने गरेकाछन् । उनीहरुलाई कुनै समस्या नहोस भनेर घरपरिवार संग नेपालमा फोन गर्न निशुल्क कल सेन्टर समेत राखेको छ । अत्याधुनिक उपचार सेवा गदै आएको अस्पतालका मार्केटिङ मेनेजर विनित बर्माले बताउनु भयो । । ओपोडी टिकट केवल ३० रुपैयाँ छ भने अन्य उपचार पनि सस्तो छ । बर्माले मुटु, क्यान्सर, मृगौलाको स्तरीय र अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको बताएका छन् । अस्पतालमा रोबोटिक सर्जरी, मृगौला प्रत्यारोपण र अत्याधुनिक एमआरआई र सिटिस्क्यान मसिन रहेको छ । सुदूरपश्चिमका बिरामीलाई सबैभन्दा छोटो तीन घण्टाको दुरीमा बरेली पर्ने भएकाले यहाँका अस्पतालबाट रेफर हुने बिरामीलाई जतिसक्दो चाँडो पुग्न सजिलो हुनेछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap