बयालपाटा अस्पताल अब प्रदेश सरकारको मातहतमा सञ्चालन हुने


लेखक : सुन्दराञ्चल      असार २२, २०८२ मा प्रकाशित     
बयालपाटा अस्पताल अब प्रदेश सरकारको मातहतमा  सञ्चालन हुने

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पताल अब प्रदेश सरकारको मातहत सञ्चालन हुने भएको छ ।

। अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा सञ्चालन गर्न न्याय हेल्थ नेपाल र प्रदेश सरकारबीच आइतबार ऐतिहासिक सम्झौता भएको हो ।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको समुपस्थितिमा भएको १७ बुँदे सम्झौतामार्फत अब यो अस्पताल पूर्ण रूपमा प्रदेश सरकारको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुने उल्लेख गरिएको छ ।
अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गर्ने औपचारिक सम्झौता भएको बताइएको छ । सम्झौतामा प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र न्याय हेल्थ नेपालका तर्फबाट अध्यक्ष कुन्द दीक्षितले हस्ताक्षर गर्नु भएको थियो ।
प्रदेश सरकारको योजना अनुसार, आगामी भदौ १ गतेदेखि बयालपाटा अस्पताललाई औपचारिक रूपमा प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गरिनेछ। यस अस्पतालका लागि विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीसहित करिब १४२ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।
सुदूर र कर्णली प्रदेशका विपन्न परिवारले अस्पतालबाट नि ः शुल्क स्वास्थ्य उपचार लिदैँ आएका थिए । बयालपाटा अस्पतालले अछामलगायत सुदूरपश्चिमका विकट पहाडी जिल्लाका लाखौं नागरिकलाई गुणस्तरीय, निःशुल्क र भरपर्दो स्वास्थ्य सेवा दिँदै आएको थियो । तर पछिल्लो समय आर्थिक अभावले अस्पताल बन्द हुने अवस्थामा पुगेपछि अस्पतालको प्रदेश सरकारले स्वामित्व ग्रहण गरेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap