बन्द भयो लाइभ, काठमाडौं महानगरको कार्यपालिका बैठकमा विवाद पछि


लेखक : सुन्दराञ्चल      साउन ३२, २०८० मा प्रकाशित     
बन्द भयो लाइभ, काठमाडौं महानगरको कार्यपालिका बैठकमा विवाद पछि

काठमाडौं२ साउन, । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा विवाद भएको छ । कार्यपालिका वैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो ।

वडाध्यक्षहरुले विविध शिर्षकको छलफल सुरु भएपछि विभागीय समितिले मागेको योजना बजेटमा नपरेको, वडाले माग्दै नमागेको बजेट वडामा दिएको भन्दै प्रश्न उठाएका थिए । केही कार्यपालिका सदस्यहरुले महानगरकी उपप्रमुख सुनिता डंगोलको बजेट निर्माणमा भएको भूमिकाबारे प्रश्न गरेका थिए ।

उपप्रमुख डंगोलले बजेट आफू एक्लै बनाएको नभई बजेट तर्जुमा समितिले बनाएको जवाफ दिएकी थिइन् । उनले बैठकमा प्रश्न गरिन्, ‘वडाध्यक्षहरुले सबैले यो मेरो वडा, त्यो तेरो वडा भनेपछि प्रमुख र उपप्रमुखको चाहिँ कुन वडा ?’

विवाद पछि लाइभ बन्द

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकदेखि नै प्रत्यक्ष प्रशारण सुरु गरिएको थियो । मेयर बालेन शाहले चुनावी एजेण्डा नै कार्यपालिका बैठक लाइभ गर्नेलाई बनाएका थिए ।

जसअनुसार काठमाडौं महानगरपालिकाको आधिकारिक फेसबुक पेज, युट्युब च्यानलबाट लाइभ गर्दै आएको थियो । तर, विहीबार कार्यपालिका बैठकको अन्तिम समयमा विवाद भएपछि कार्यपालिका सदस्य बोल्दाबोल्दै लाइभ बन्द भएको छ ।

कार्यपालिका सदस्यहरु प्रशासन प्रमुखलाई जिम्मेवार नभएको भन्दाभन्दै लाइभ अड्किएर बन्द भएको हो । मेयर बालेनको सचिवालयले भने वैठक सकिएर लाइभ बन्द भएको बताएको छ ।

२१ औं कार्यपालिका बैठक महानगरपालिकाको बालाजु स्थित बाइसधारा उद्यानको सभाहलमा भएको थियो । कार्यपालिकाको वैठकले सबै बुँदामा सर्वसम्मत निर्णय गरेको छ । जस अनुसार शहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरिसंह राजभण्डारी नियुक्त गर्ने, महानगरले गुठीको जग्गा भोगचलन गर्न पाउने सैद्धान्तिक सहमति,  भोटेबहाल प्लाजालाई जरिवाना गर्ने लगायत निर्णय सर्वसम्मत भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap