अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् ।
१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्ध हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन ।