काठमाडौँ १८ भाद्र । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेको छ । प्रतितोला १० रुपैयाँ घटेको चाँदी आज १ हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।