बझाङ : पहिरोले विद्यालय भवन जोखिममा


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
बझाङ : पहिरोले विद्यालय भवन जोखिममा

बझाङ,२८ साउन । बझाङको केदारस्युँ गाउँपालिका-६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ।

अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो। साउन १२ गते मंगलबार राति पानी अविरल परेपछि रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताए।

उनले भने, ‘लगातार वर्षा भएपछि भवन भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।

वडाध्यक्ष काशीराम धामीले यो वर्ष २० लाख बराबरको ग्याबिन जाली हालेको, तर जाली नै बगाएर सोही गाउँका २० परिवारले लगाएको बालीसमेत पहिरोले बगाएको बताए।

उनले भने, ‘अहिले त विद्यालय बन्द भएकाले केही समस्या छैन। विद्यालय खुलेपछि विद्यार्थीलाई कहाँ पढाउने भन्ने समस्या भएको छ। त्यहाँबाट खसेपछि सिधै खोलामा पुगिन्छ। अन्य ठाउँमा विद्यालय भवन बनाउन जग्गा खोजिरहेका छौँ। अहिलेसम्म कतै भेटिएको छैन।’

जग्गा पाए चाँडै नै अन्यत्र विद्यालय भवन बनाउने योजना रहेको वडाध्यक्ष धामीले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap